नारायणगढ–मुग्लिन खण्डमा पुलबाट ट्रक खस्दा एक जनाकाे मृत्यु

78

चितवन । आज बिहान नारायणगढ–मुग्लिन सडक खण्डको तीन नम्बर पुलबाट  ट्रक खस्दा एक जनाकाे मृत्यु भएकाे छ ।मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा २ ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो।दुर्घटनामा ट्रक चालक धादिङ घर भइ मौवा खोला बस्ने सन्तबहादुर राईको घटनास्थलमा ज्यान गएकाे इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनदीप तामाङले जानकारी दिनुभयो । उहाँले मृतकको आफन्त आइसकेपछि शवको परीक्षण गर्न भरतपुर अस्पताल पठाइने बताउनु भयाे ।

Leave A Reply

Your email address will not be published.