काठमाडौं । मंसिर ४ मा भएकाे निर्वाचनमा ललितपुर ३ बाट प्रतिनिधी सभा सदस्यमा मनाेनित भएपछी डा. ताेसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिएकी छन् । निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भएकी हुन् ।तर, काउन्सिलको सदस्य पदबाट राजिनामा नदिई उम्मेदवार बनेको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । तर, सर्वोच्च अदालतले आयोगको निर्णय उल्ट्याउँदै तोसिमाको उम्मेदवारी कायम रहने आदेश दिएको थियो ।