दाेलखामा माओवादीका गंगा कार्की झिनाे मतान्तरले विजयी

80

काठमाडौं ।  निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी लाइ  ५१८ मतले पछि पार्दै  दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन् । कार्कीले ३६ हजार ९९५ मत पाउँदा उनकाले ३६ हजार ४७७ मत पाएका छन् ।अहिले समानुपातिककाे गणना भइरहेकाे छ । समानुपातिककाे मतपेटिकामा प्रत्यक्षकाे मतपत्र भेटिए पनि गणना गर्ने निर्णय सर्वदलीय बैठकमा भएका कारण जितकाे अन्तरकाे अंक केही तल माथि पर्न सक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयका एक कर्मचारीले बताए । मंसिर ४ गतेको निर्वाचनमा दोलखाका १० क्षेत्रमा धाँधली भएको निष्कर्षसहित ती क्षेत्रमा मंसिर १५ गते पुनः निर्वाचन भएको थियो ।  जितसँगै माओवादी केन्द्रले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १८ सिट पुर्याएको छ ।

Leave A Reply

Your email address will not be published.