कपिलवस्तु ३ (क) का उम्मेद्वार रवीदत्त मिश्रा मतपरिणाम अस्विकार गदै सर्वोच्चमा

42
biddhut

कपिलवस्तु । मंसिर ४ मा भएकाे प्रतिनिधी सभा र प्रदेश सभाकाे निर्वाचनमा कपिलवस्तु क्षेत्र नं. ३ प्रदेश सभा क मालोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट चुनाव लडेका रवीदत्त मिश्रा मतगणना उत्पन्न भएकाे विवाद भए पछी पुनः मतगणनाको माग गदै अदालत पुगेका छन । उक्त चुनावमा मिश्रा एमालेका उम्मेद्वार अर्जुन केसीसँग ६ मतान्तरले पराजित भएका थिए ।  मतगणनामा धाधली भएको भन्दै मतपरिणामलाई अस्विकार गदै अदालतमा मुद्दा हाल्ने तयारी गरिरहेको उनले मिश्राले जानकारी दिएका छन ।

dengu 3 1

मतगणनाबारे उनी भन्छन्, ‘निर्वाचनमा ४२ हजार १०२ मत खसेको थियो । तर मतपेटिकामा ४ सय ५७ मत गायब भए । हामीले विरोध ग¥यौ । पछि निर्वाचन अधिकृतको कार्यालयले १ सय ६४ मत मात्र नभेटिएको बताए पछि हामी ‘कन्भिन्स’ भयौं । ती हराएका मत समानुपातिक तर्फको मत पेटिकामा हुन्छन भनेर हामीलाई कार्यालयले भन्यो, हामीले स्विकार ग¥यौ । तर, समानुपातिक तर्फको मतपेटिकामा जम्मा ३३ मत भेटिए । अरु मत एकाएक कसरी गायब भए ? यहाँ चलखेल भएको छ ।’ पुनः मतगणना हुनुपर्छ भन्दा निर्वाचन अधिकृतको कार्यालयले नसुने झै गरे पछि मुद्धा हाल्न सर्वोच्च अदालत पुगेको छु,’ उनले भने ।अदालतको फैसलाबाट पुनः मतगणना हुनेमा उनी आशावादी छन ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.