चितवनको कालिका नगरपालिका-१ काे चतुरमुखी सामुदायिक वनमा खाग र खुर काटिएकाे अवस्थामा मृत गैंडा फेला परेकाे छ । उक्त गैंडा सडेगलेको अवस्थामा रहेकाले शिकार गरि ६ महिना अगाडि मारेकाे हुन सक्ने आशंका गरिएकाे छ । गस्तीका क्रममा मृत गैंडाको हाडखुर मात्रै भेटिएको डिभिजन वन कार्यालय चिले जानकारी दिएकाे छ । उनका अनुसारको गैंडाको खाग काटिएको अवस्थामा भेटिएको छ । डिभिजन वन र चितवन राष्ट्रिय निकुञ्जको टोली पुगेर पोष्टमार्टम गरेको थियो । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा गस्ती कम हुँदै जाँदा गैंडा मरेको जानकारी ढिला गरी मात्रै प्राप्त हुन थालेको छ ।