विश्वप्रकाश शर्मालाई झापामा स्थानियले लगाइदिए कागती र खुर्सानीको माला

86

काठमाडौं । भखरै सम्पन्न चुनावमा झापा-१ बाट भारी मतान्तरले विजयी भएका  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई मेचीनगर नगरपालिका-९ लीलाबस्तीका वासिन्दाले कागती र खुर्सानीको माला लगाइदिएका छन् ।  घरमा, गाडीमा वा पसलमा कागती र खुर्सानीको माला झुण्ड्याएमा कसैको पनि नकारात्मक दृष्टि पर्दैन भन्ने मान्यता छ । यो वस्ती शर्मालाई दूध खुवाउने देउकुमारी श्रेष्ठको गाउँ हो । शर्मा निर्वाचित भएपछि ‘मतदाता सम्मान अभियान´ लिएर निर्वाचन क्षेत्रका गाउँमा घुमिरहेका छन ।

Leave A Reply

Your email address will not be published.