आज राष्ट्रिय कफी दिवस मनाइँदै

57

काठमाण्डाै ।  आज राष्ट्रिय कफी दिवस मनाइँदै छ । मङ्सिर १ गते नै दिवस मनाइने गरिए पनि यसपालि चुनावका कारण आज मनाउन लागिएको हो ।नेपालमा कफी उत्पादन हुने जमिनको क्षेत्रफल हरेक वर्ष बढ्दै गए पनि उत्पादन भने घट्दै गएको देखिएको छ । उत्पादकत्वमा सुधार गर्न नसक्दा कफी खेती गरिने जमिनको क्षेत्रफल बढे पनि उत्पादन बढ्न नसकेको हो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको  तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७१/७२ मा नेपालको २ हजार ३ सय ८१ हेक्टर जमिनमा कफीखेती भएकोमा २०७८/७९ मा  ३ हजार ३ सय ४३ हेक्टर पुगेको छ । तर, खेती बढे पनि यसबीचमा कफी उत्पादन भने १ सय ९ मेट्रिक टनले घटेको तथ्याङ्क छ । आर्थिक वर्ष २०७१/७२ मा ४ सय ६३ दशमलव ५८ मेट्रिक टन कफी उत्पादन भएको थियो ।

२०७८/७९ मा ३ सय ५५ मेट्रिक टन मात्रै उत्पादन भएको छ । बोर्डका सूचना अधिकारी दीपक खनालले माटोको कमजोर उर्बराशक्ति तथा गुणस्तरीय बीउ र मलको अभावमा उत्पादकत्वमा सुधार हुन नसक्दा जमिनको क्षेत्रफल बढेअनुसार उत्पादन बढ्न नसकेको बताउनु भएको छ ।

b 4
Leave A Reply

Your email address will not be published.