मंसिर ४ मा सम्पन्न प्रतिनिधी सभा काे निर्वाचनमा ४४ सिट प्राप्त गरी दाेस्राे बनेकाे नेकपा एमाले ले सरकार गठनकाे लागी पहिले सत्ता गठबन्धनको प्रस्तुति हेरेर मात्रै प्रकिया थाल्ने भएकाे छ । समानुपातिकतर्फ हालसम्मको अवस्थामा एमालेले ३५ सिट ल्याउने सम्भावना छ । अर्थात् एमालेसँग ७९ सिट हुनेछ । तर, नेकपा एकीकृत समाजवादीले थ्रेस होल्ड कटाएको खण्डमा समानुपातिकतर्फ सिट घट्ने छ । २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार बनाउन बहुमतका लागि १३८ सिट आवश्यक पर्छ । सत्तारूढ गठबन्धनमा रहेका दलले सरकार गठनलाई लिएर छलफल गर्न थालेका छन् ।
एमालेले सरकार गठनका लागि औपचारिक पहल नथाले पनि अनौपचारिक छलफल भने थालेको छ ।कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय दलको नेता नभएर अरु नेता भएमा माओवादीसहितका दलसँग सहकार्य हुन सक्ने ती नेताहरू बताउँछन् । ओलीले प्रचण्डसँग कुरा गरे पनि प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समावादीका अध्यक्ष माधव नेपालसँग भने छलफल गरेका छैनन् । एमाले उपाध्यक्ष युवराज ज्ञवाली पनि मुलुकको आवश्यकता एमाले नेतृत्वको वाम सरकार रहेको बताउँछन् ।