अबकाे सरकारकाे नेतृत्व कांग्रेसले नै गर्छः शेखर कोइराला

41
biddhut

विराटनगर ।  नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले विराटनगरमा बिहीबार बिहान आयाेजित पत्रकार  सम्मेलामा बाेल्दै  चुनावमा सन्ताेषजनक परिणाम आएकाे र अवकाे सरकार काग्रेसकाे नेतृत्वमा गठन हुने बताएका छन । तर संसदीय दलको नेता को बन्छ भन्ने विषयमा भने उनी खुलेर बोल्न चाहेनन् । विराटनगरमा बिहीबार बिहान पत्रकार सम्मेलन गर्दै उनले संसदीय दलका सभापति शेरबहादुर देउवा टिमको बर्चस्व भएपनि संसदीय निर्वाचनमा आफ्नो टिमले प्रयास भने गर्ने बताए ।शेखर कोइरालाको टिमबाट महामन्त्री जितेका गगन थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । उनी आक्रामक रुपमा अगाडि बढिरहेका छन् । तर कोइरालाले भने खुलेर बोलेका छैनन् ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.