काठमाडौं । आर्थिक पत्रकार समाज (सेजन) को २६औं वार्षिकोत्सव समारोहमा बाेल्दै नेकपा एमालेका उपाध्यक्ष  एवम् रूपन्देही २ बाट निर्वाचित सासंद विष्णु पौडेलले अहिलेकाे चुनावबाट प्राप्त नतिजाले देशमा राजनैतिक अस्थिरता छाउने बताएका छन । यही परिस्थितीमा सरकार बनेपछि पाँच वर्षसम्म संसद चल्नेमा आफूलाई शंका भएको बताए।  स्थिर सरकार बन्दैन भन्ने स्पष्ट छ। यसले अस्थितालाई नै निरन्तरता दिने देखिएको छ। यो मुलुकको लागि दुभाग्र्यपूर्ण कुरा हो। हामी कुनै एउटा पार्टीले बहुमत ल्यावस् भन्ने चाहन्थौँ। तर, त्यसो नभएपछि राजनीतिक स्थिरताको आशा गर्ने ठाउँ छैन। यही अवस्थामा पनि सरकार बनेर पाँच बर्ष संसदको कार्यकाल पुरा गरोस्। तर, लक्ष्यण देखिएको छैन।’देश बनाउन सक्षम नेतृत्व र राजनीतिक स्थिरता हुनुपर्ने बताए। ‘देश आफैं बन्दैन र आफैं बिग्रीदैन। त्यसका लागि नीति र नेतृत्व निर्णायक हुन्छ। सही नेतृत्वले मात्रै देश बनाउन सक्ने भएकाले त्यसमा सबैले आत्मसाथ गर्न सक्नुपर्छ’ उनको भनाइ छ।

wada 3 lu tato

By Aavash

Leave a Reply

Your email address will not be published. Required fields are marked *