सुनसरी ४ मा मन्त्री कार्की ११२ मतले विजयी

53

नेपाली कांग्रेसका नेता एवं सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । कार्कीले निकटतम् प्रतिस्पर्धी एमालेका जगदिश प्रसाद कुसियैतलाई ११२ मतको अन्तरले पराजित गरेका हुन् ।निर्वाचन अधिकृतको कार्यालयले दिएको अन्तिम मत परिणाम अनुसार मन्त्री कार्कीले ३०  हजार ४८३ मत प्राप्त गर्दा कुसियैतले ३०  हजार ३७१ मत प्राप्त गरेका छन् ।  नेपाल सरकारका प्रवक्तासमेत रहेका कर्कीले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका छन् ।

b 4
Leave A Reply

Your email address will not be published.