काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले १४ मंसिर बुधबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल जारी पूँजी ६० करोड रुपैयाँको २० प्रतिशत हुन आउने १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।