कपिलवस्तु । एक वार्ड एक एम्बुलेन्सको अभियान पुरा गरेर कपिलवस्तु जिल्लाकाे मायादेवी गाउपालिका लुम्विनी प्रदेश कै पहिलो पालिका बन्न सफल भएको छ । स्वास्थ्य सेवा प्रभाव कारी बनाउन र स्वास्थ्य सेवाकाे पहुँचलाइ थप विस्तार गर्न गाउपालिकाका सबै वडामा एम्बु लेन्स प्रदान गरिएको हाे । गाउपालिकाले चार उप स्वास्थ्य चौकीलाई चार वटा एम्बुलेन्स हस्तान्तरण गरेसंगै ८ वटै वडामा एम्बुलेन्सको पहुच पुगेको छ । वडा नम्बर ३ फुलिका, ४ पिपरा, ५ बलहुवा र ६ डुमरा स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरिएको हो । गाउपालिका का अध्यक्ष वलीउद्दीन मुसलान र उपाध्यक्ष मेयर सरस्वती यादवले वडाध्यक्ष र वडाका प्रतिनिधिलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका थिए ।