प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा बाँके जिल्लामा ६४ हजार एक सय ३८ मत बदर भएको देखिएको छ ।बदर मतमध्ये प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १५ हजार दुई सय २१, प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीको १२ हजार एक सय ५६, प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ १६ हजार दुई सय ७० र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीको २० हजार चार सय ९१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।