सिके राउतको पार्टीले कटायाे तीन लाख समानुपातिक मत

39
biddhut

निर्वाचन आयोगको आज बिहान साढे ११ बजेको विवरण अनुसार ९६ लाख ७० हजार ८८३ मत गणना हुँदा एमालेले समानुपातिकमा २६ लाख ७ हजार ४ सय ७२ मत प्राप्त गरेको छ । यस्तै, दोस्रोमा रहेको नेपाली कांग्रेसले २४ लाख ७० हजार २३४ मत ल्याउँदा माओवादी केन्द्र ११ लाख ९ हजार ७७९ मतसहित तेस्रोमा रहेको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७९ हजार ७७९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ५४ हजार ७५७ मत प्राप्त गरेको छ । यस्तै, जनता समाजवादी पार्टीले ३ लाख ६७ हजार ७७३ र जनमत पार्टीको ३ लाख १६ हजार ६५३ रहेको छ ।

dengu 3 1

नेकपा (एकीकृत समाजवादी) को २ लाख ६८ हजार ४७९ मत रहेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय दल बन्न सदर मतको कम्तीमा तीन प्रतिशत र पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ एक सीट जित्नुपर्ने प्रावधान छ । गणना भएको मत हेर्दा प्रमुख तीन दल एमाले, कांग्रेस र माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले तीन प्रतिशत मत पाउने देखिएको छ

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.