सुकुम्बासी बस्तीको समस्यालाई लिएर मेयर बालेन्द्र शाहद्वारा प्रधानमन्त्री देउवासँग छलफल
काठमाण्डाै । काठमाण्डौ महानगरपालिकाले बाग्मती नदी किनारमा रहेका अवैध संरचना तथा बस्ती हटाउनेबारे थप छलफल र तयारीलाई अगाडि बढाउने भएको छ । महानगरका मेयर बालेन्द्र शाहले आवश्यक छलफल थाल्नुभएको छ । हिजोको अवस्थापछि बेलुका मेयर शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यसबारेमा छलफल समेत गर्नुभएको छ । हिजो थापाथली बस्तीमा महानगर तथा अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले संरचना हटाउन खोजेपछि तनाव भएको थियो ।