झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित ओली गृह जिल्ला झापामा विजय उत्सवमा सहभागी भएका एमाले अध्यक्ष ओलीले राष्ट्रिय राजनीति भाँडिएकोे ,देशलाई असफल बनाउने प्रयास र खेलहरु भइरहेको र मुलुकमा अस्थिरता नआओस् भनेर आफूहरु सचेत रहेको बताउनुभएकाे छ । तत्काल पुनः निर्वाचन नहोस्, सरकार नै बन्न नसकेर फेरि निर्वाचन हुनसक्ने अवस्था रहेको पनि ओलीले आशङ्का गर्नुभयो । त्यस्तो स्थिति नआओस् भनेर एमालेले कोशिस गर्नेछ, ओलीले भन्नुभयो ।सरकार बन्यो भने पनि अस्थिरता र सङ्कीर्ण स्वार्थका खेलमा देश नरुमलियोस् भन्नेमा पनि एमालेको ध्यान छ, ओलीको भनाइ छ । जनताको भ्रम र अन्योलका कारण अहिलेको निर्वाचनको परिणाम अनपेक्षित आएको ओली बुझाइ छ ।