‘रौतहट नगएको भए मलाई नै उछिट्याइदिने रहेछन्’ : माधव नेपाल

36
biddhut

काठमाण्डाैँ । पार्टीकाे केन्द्रीय कार्यालय सुविधानगरमा भएकाे चुनावी अनुभव आदान प्रदानका क्रममा बाेल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले  राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको सफलताको चर्चा गर्दै ‘रौतहट नगएको भए मलाई नै उछिट्याइदिने रहेछन्,’ भनेर बताएका छन । कार्यकर्तामाझ नेपालले भने, ‘प्रचण्डजी गोरखा नजानुभएको भए उहाँलाई पनि गाह्रो पर्ने रहेछ ।’

dengu 3 1

२०७४ मा काठमाडौं–२ बाट भारी मतान्तरले निर्वाचित भएका नेपाल यसपटक भने चुनाव लड्न रौतहट गएका थिए । स्थानीय तह निर्वाचनमा उनको पार्टीले राम्रो मत पाएकाले नेता नेपालले काठमाडौं छाडेर रौतहट रोजेका थिए । रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेपालले नेकपा एमालेका अजयकुमार गुप्तालाई ६ हजार ६ सय मतान्तरले हराएका थिए ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.