काठमाण्डाै । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावी खर्चकाे विवरण सार्वजनिक गर्नुभएको छ । प्रतिनिधि सभामा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानेले चुनाव प्रचारप्रसारका क्रममा ११ लाख ८१ हजार ४ सय ७२ रुपैयाँ खर्च भएको बताउनुभएको हो । उहाँले सामाजिक सञ्जालमार्फत् चितवन-२ का मतदाताहरुलाई धन्यवाद दिँदै आजबाट विजयको खुसियाली मनाउने कार्यक्रमहरु सकिएको जानकारी गराउनुभएको छ ।
उहाँले आफ्नो कार्यकालभरि कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने बताउनु भएको छ । यसैबीच उहाँले राजनीतिक भेटघाट र पार्टीको महत्त्वपूर्ण कामका लागि आज बेलुका चितवनबाट काठमाण्डौ आउने र आजबाटै काममा लाग्ने बताउनुभएको छ ।