गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी

82

रुपन्देही । गुल्मीको क्षेत्र नं १ मा निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई चौथोपटकको संसद यात्रामा ब्रेक लगाउँदै नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारी विजयी भएका छन्। मतगणना नसकिदै गणना गर्न बाँकी रहेको मतभन्दा भण्डारीले लिएको अग्रताले उनको जित निश्चित भएको हो । यसअघि सोही क्षेत्रबाट निर्वाचित ज्ञवाली र भण्डारीको यो चौथो प्रतिस्पर्धा हो ।निर्वाचनको अन्तिम औपचारिक परिणाम घोषणा हुन बाँकी रहेको छ। ज्ञवाली ०५६ देखि सो क्षेत्रमा निरन्तर चुनाव लडेदै आएका छन् भने भण्डारी ०६४ देखि लड्दै आएका छन् । भण्डारी ०७० मा एकपटक निर्वाचित भएका थिए ।

Leave A Reply

Your email address will not be published.