काठमाडौँ  ।  राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ की नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सोबिता गौतमले देशमा परिवर्तनको सुरुवात भइसकेको बताएकी छिन् ।बुधबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित बनेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले अब देशमा परिवर्तनको सुरुवात भइसकेकाले कोही पनि नेपालीहरू आत्तिनुपर्ने अवस्था नरहेको बताएकी हुन् ।अब देशमा नै युवाहरुले केही न केही गरेर देशमै बस्ने वातावरण बनाउन सक्नुपर्ने उनको भनाइ छ । अबको ५ वर्षमा देशमा परिवर्तनको ढोका खुल्ने उनले भनिन् ।

‘परिवर्तनको शुरुवात भइसक्यो । अब कोही पनि आत्तिनुपर्ने छैन । हामी जस्ता युवा पुस्ताहरु आज विभिन्न अवसरको खोजिमा विभिन्न देशमा जाँदै गर्दा अब यो देशमा हामी आफैँले केही गर्नुपर्छ । कति देशबाट भाग्ने, कति सहज खोजेर अरुको देशमा मात्रै जानै ? आफ्नो देशलाई पनि अब सहज बनाउनु पर्छ । देशलाई परिवर्तन गर्न हामी अघि बढिसकेका छौँ । अबको ५ वर्षमा परिवर्तनका कुरा देख्नुहुनेछ,’ उनले भनिन् । जिम्मेवारी बहन गर्न आफू सक्षम रहेको भन्दै उनले देशले गर्व गर्नलायक काम गरेर देखाउने उनले बताइन् । आफूले पैसा खर्च गरेर चुनाव नजितेको पनि उनको दाबी छ ।

wada 3 lu tato

By Aavash

Leave a Reply

Your email address will not be published. Required fields are marked *