काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’ को पहिलो खेलमा उपाधि दावेदार अर्जेज्टिना साउदी अरबसँग २–१ गोलको नतिजामा पराजित भएको छ ।लुसाइल रंगाशालामा सम्पन्न खेलमा साउदीलाई जित दिलाउन सालेश एन्हेरी र सालिम अल्लावासरीले गोल गरे । अर्जेन्टिनाका लागि मेसीले सान्त्वना गोल गरे ।पहिलो हाफमै अग्रता बनाएपनि त्यसलाई बचाउँन नसक्दा दक्षिण अमेरिकी टिम अर्जेज्टिनाले साउदीसँग पराजय बेहोरेको हो ।
कप्तान लियोना मेसीले खेलको १०औं मिनेटमा गोल गरर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।खेलको ८औं मिनेटमा बक्सभित्र साउदीका डिफेन्डर अल बुलाइहीले फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टि पाएको थियो । उक्त पेनाल्टिलाई सदुपयोग गर्दै मेसीले अर्जेन्टिनाका लागि गोल गरेका थिए ।
त्यसपछि पहिलो हाफमा अर्जेज्टिनका तीन गोल आफसाईड भएको थियो ।खेलको ४८औं मिनेटमा साउदीका फरवार्ड सालेश एन्हेरीले साउदीका लागि बराबरी गोल फर्काएका थिए । मिडफिल्डर सालिम अल्लावासरीले खेलको ५३औं मिनेटमा गोल गर्दै साउदीलाई अर्जेज्टिनाविरुद्ध २–१ को अग्रता दिलाए । अलुलावारीले गरेको गोल साउदीको जितका लागि पर्याप्त बन्यो ।दोस्रो हाफमा अर्जेज्टिनाले गोल गर्ने केहि अवसर सृजना गरेपनि साउदीका किपरले त्यसलाई विफल पारे । जितसँगै साउदीले समूह ‘सी’ मा तीन अंक जोडेको छ ।समूह ‘सी’को आजै हुने दोस्रो खेलमा मेक्सिको र पोल्यान्ड राती पौने १० बजे प्रतिस्पर्धा गर्नेछन् ।