कपिलवस्तु-३ मा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता तोडिएको छ । कांग्रेसका अभिषेकप्रताप शाहको अग्रता तोड्दै एमालेका मंगल गुप्ताले अग्रता लिएका छन् । गुप्ताले २८१४ मत ल्याएका छन् भने कांग्रेसका शाहले २७७७ मत पाएका छन् ।यस्तै, राप्रपाका प्रकाश रजौरियाले २२८८ र जनता प्रगतिशीलका ईश्वर दयाल मिश्रले १५७८ मत पाएका छन् ।