गगनलाई भावी प्रधानमन्त्री भन्दै प्रदीप खड्का मागे भोट

40
biddhut

काठमाण्डाैँ ।  अर्बपति कांग्रेस उम्मेदवार विनोद चौधरीलाई भोट माग्न नवलपरासी पुगेका ‘प्रेमगीत’ फेम्ड अभिनेता खड्का बुधबार अर्का उम्मेदवार गगन थापालाई भोट माग्दै गर्दा भेटिए । गगनको चुनावी घरदैलोमा पुगेर प्रदीपले उनको पक्षमा भोट समेत मागे । यति मात्र होइन, प्रदीपले गगनलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारे ‘दाइमाथि मलाई विश्वास छ । भावी प्रधानमन्त्रीको रुपमा आफूले आफूलाई जसरी दाबेदारी देखाइरहनुभएको छ । म यसमा विश्वस्त छु कि आउनुपर्ने र सम्हाल्नुपर्ने नयाँपुस्ताले नै हो,’ प्रदीपले भने । सँगै उभिएका उम्मेदवार थापाले भने, ‘हाम्रो पुस्ताको चर्चित मात्र होइन, सम्भावना भएको नायकले मैदानमै आएर मेरो पक्षमा भोट माग्नुभयो, म यसप्रति आभारी पनि छु ।’

 

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.