विदेशीले नेपालमा गर्ने खर्चभन्दा नेपालीले विदेशमा गर्ने खर्च दोब्बरभन्दा धेरै

34
biddhut

काठमाण्डाै ।  विदेशीले नेपालमा गर्ने खर्चभन्दा नेपालीले विदेशमा गर्ने खर्च दोब्बरभन्दा धेरै रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको त्रैमासिक वित्तीय अवस्थाअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खुद सेवा आय २१ अर्ब ७० करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको यही अवधिमा खुद सेवा आय २३ अर्ब ३४ करोड रुपैयाँले घाटामा रहेको थियो ।सेवा खाताअन्तर्गत पछिल्लो तीन महिनामा विदेशीले नेपालमा गर्ने खर्च अर्थात् भ्रमण आय एक सय १० प्रतिशतले वृद्धि भइ ११ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो तीन महिनामा भ्रमण आय जम्मा पाँच अर्ब ४२ करोड रुपैयाँ मात्रै रहेको थियो ।

dengu 3 1

यस्तै साउन, भदौ र असोजमा सेवा खाताअन्तर्गत नेपालीले विदेशमा गर्ने खर्च अर्थात् व्यय ६२ दशमलव ३ प्रतिशतले वृद्धि भइ २६ अर्ब चार करोड रुपैयाँ पुगेको छ । नेपालीले वैदेशिक शिक्षाका लागि मात्रै तीन महिनामा १७ अर्ब ८९ करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो वर्षको तीन महिनामा भ्रमण व्यय १६ अर्ब चार करोड  रुपैयाँ रहेकोमा शिक्षातर्फको खर्च जम्मा आठ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.