काठमाडौँ । २०७८ असारको पहिलो साता अवैधरूपमा कोलम्बियाबाट ब्राजिल छिर्ने क्रममा भएको डुंगा दुर्घटनामा सात नेपालीको मृत्यु भएको घटना बिर्सिन नपाउँदै सोही क्षेत्रमा उस्तै प्रकृतिको घटना भएको छ ।डुंगा दुर्घटना हुँदा केही नेपालीको मृत्यु भएको अपुष्ट खबर सार्वजनिक भएको हो । प्राप्त विवरणहरूअनुसार गत आइतबार भएको दुर्घटनामा ३ नेपाली, २ बंगालादेशी र १ भारतीयको मृत्यु भएको छ ।दुर्घटनाबारे नेपाल सरकारको आधिकारिक निकाय भने बेखबर देखिएको छ । स्रोतहरूका अनुसार दुर्घटनामा रुकुम पश्चिमका २ र प्यूठानका एक जना परेका छन् । कोलम्बियाबाट अवैध रूपमा ब्राजिल छिर्न भन्दै उक्त डुंगामा एक दर्जनभन्दा धेरै यात्रु सवार थिए । दुर्घटनामा बाँचेका एक नेपालीले बताएअनुसार पानामाका जलसेनाले डुंगा रोक्न खोजेपछि भाग्ने क्रममा अर्को डुंगामा ठोक्किएर घटना भएको हो । स्राेतःकान्तिपुर