कपिलवस्तुकाे कृष्णनगरमा शङ्कास्पद वस्तु फेला

75

ताैलिहवा ।  कपिलवस्तु जिल्लाकाे  कृष्णनगर नगरपालिका वडा न  ५ पुरुशोत्तमपुरमा शङ्कास्पद बस्तु फेला परेको छ । निर्वाचन बिथोल्नका लागि कसैले विस्फोटक पदार्थ राखेको हुनसक्ने सुरक्षा निकायको अनुमान छ । नेपाली सेनाको डिस्पोजल टिमले शङ्कास्पद वस्तु डिस्पोज गरेको छ । सेनाले राखिएको विस्फोटक पदार्थ दसैँ तिहारमा प्रयोग हुने पटका लगायतको वस्तु रहेको जनाएको छ । विस्फोटक पदार्थ डिस्पोज पछि मान्छेमा त्रास भए पनि अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.