कपिलवस्तुकाे विकास र समृद्धिकाे लागी केन्द्रकाे बजेट जरूरी छः बलदेव

37
biddhut

कपिलवस्तु ।  बाणगंगा र सिङ्गो कपिलवस्तु जिल्लाकाे प्रभावकारी विकास र समृद्धिकाे लापगी केन्द्रकाे बजेट अत्यावस्यक रहेकाे माओवादी केन्द्रका नेता एवम्  पुर्व कृषि मन्त्री चक्रपाणी खनाल बलदेवले जनाएका छन । बाणगंगा ५ कोपवा बजार लगायतका स्थामा आयोजना गरेको कोणसभालाई सम्बोधन गर्दै कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाम गठबन्धनका साझा उम्मेद्वार रहेका खनालले बाणगंगाका भित्रि गाउँहरुमा अझै पनि शिक्षा, स्वास्थ्य, खानेपानि, बाटो लगायतका आधारभुत आवश्यक्ताको कमि रहेकोले ति समस्या समधानको लागि केन्द्र सरकारको बजेट आवश्यक रहेको बतउनु भएको छ ।

dengu 3 1

बाम लाेक्तान्त्रिक गठबन्धनले आयाेजना गरेकाे उक्त कार्यक्रममा  अन्य क्षेत्रको बजार क्षेत्र केहि व्यवस्थित र विकसित हुँदा धेरै वर्ष पुरानो कोपवा बजारलाई प्रवद्धन गर्न नसकिएको बताउनु भएको छ । कोपवा बजार हाम्रा बुबा हजुर बुबाले नुन लिन जाने बजार भएको हुँदा यसलाई बिकास गर्ने बताउनु भएको छ । बाणगंगाका अन्य वडा भन्दा वडा नम्बर ५ केहि पछि परेको भन्दै अब यहँ केन्द्रको बजेट पारेर केहि विशेष योजनाको थालनि गर्नुपर्ने बताउनु भएको थियो । त्यस्तै प्रदेशसभा क का उम्मेद्वार डोलकराम घिमिरेले यस क्षेत्रको समस्यालई आफुले नजिक बाट अनुभव गरेकोले चुनाव जितेपछि जनता पछुताउनु पर्ने स्थिती आउन नदिने बताउनु भएको थियो । आफु लामो समयदेखी यहि क्षेत्रका जनता सङ्ग सहकार्य गर्दै आएकोले अबका दिनमा पनि त्यो प्रक्रियालाई निरन्तरता दिने बताउनु भएको थियो ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.