परासी । मंगलबार बर्दघाटस्थित चौपातामा बाम लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको अधिकार सुनिश्चित गर्न गठबन्धन गरिएको बताएका छन्। चुनाव महासंग्रामसँगै जनमत संग्रह पनि रहेकाले जनताको अधिकार सुनिश्चि गर्न गठबन्धन गरिएको दावी गरे। अध्यक्ष प्रचण्डले एमालेलाई इंगित गर्दै मंसिर ४ को निर्वाचन कौरव र पाण्डवबीचको लडाइँ भएको बताए। उनले भने,’ अहिलेको महासंग्राम कौरव र पाँच पाण्डवबीचको लडाइँ हो । यो चुनाव चानचुने होइन। यसलाई सबैले बुझ्न जरुरी छ। ‘उनले संविधानको रक्षा र राजनीतिक स्थिरतालाई कायम राख्न पनि गठबन्धनले जित्न आवश्यक रहेको बताए।