पोखरा । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री कुमार खड्का बर्खास्त भएका छन् ।मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार मन्त्री खड्कालाई हटाएका हुन् ।मुख्यमन्त्री पोखरेलले अघिल्लो साता ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री हरिशरण आचार्यलाई पनि हटाएका थिए ।मन्त्री खड्कामाथि मुख्यमन्त्री र नेपाली कांग्रेस पार्टी तथा उम्मेदवारलाई सहयोग नगरेको आरोप छ ।