आगामी निर्वाचनमा ५ लाख मतदाता थप, १० हजार ८९२ मतदानस्थल

34
biddhut

काठमाडौं । निर्वाचन आयोगको अद्यावधिक विवरण अनुसार, गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको तुलनामा यसपाली करिव ५ लाख नयाँ मतदाता थपिएका छन् । स्थानीय तह चुनावमा नाम भएका साढे २ लाखजति मतदाताको नाम हटेको छ भने त्यसको दोब्बर हाराहारीमा थपिएको छ । निर्वाचन आयोगको वेवसाइट अनुसार, यसपालिको निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० कुल मतदाता छन् । तीमध्ये ९१ लाख ४० हजार ८०६ पुरुष र ८८ लाख ४७ हजार ५७९ महिला हुन् । १८५ जना अन्य लिंगी हुन् ।गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए । तीमध्ये ८९ लाख ९२ हजार १० पुरुष छन् र ८७ लाख ४१ हजार ५३० महिला हुन् । १८३ अन्य लिंगी छन् ।६ महिनाअघिको निर्वाचनको तुलनामा यो पटक २ लाख ५४ हजार ८४७ जना मतदाता थपिएको देखिन्छ । निर्वाचन आयोगका उपसचिव कमल भट्टराईले छ महिनाको अवधिमा करिव ५ लाख नयाँ मतदाता थपिएको बताए ।

dengu 3 1

, यो छ महिनाको अवधिमा मृत्यु भएका, दोहोरो परेका र बसाइसराइ लगायतका कारण अद्यावधिक नभएका विवरण अद्यावधिक गरिएको छ, जसका कारण करिव साढे २ लाख पुराना मतदाता घटेका थिए । उपसचिव भट्टराईले भने, ‘ती समेत घटाउँदा साढे २ लाख मतदाता बढेकाले कुल ५ लाख नयाँ मतदाता थपिएको अनुमान छ ।’आयोगले स्थानीय निर्वाचनको भन्दा १३६ वटा मतदानस्थल र २७२ मतदान केन्द्र थपेको छ । एउटा मतदान स्थलमा एक हजारभन्दा बढी मतदाता भएमा मतदान केन्द्र थपिन्छ ।वैशाखको स्थानीय निर्वाचनमा १० हजार ७५६ मतदान स्थल रहेकोमा अहिले बढाएर १० हजार ८९२ बनाइएको छ । त्यसैगरी पहिले २१ हजार ९५५ मतदान केन्द्र रहेकोमा अहिले २२ हजार २२७ केन्द्र बनाइएको छ । अनलाइन खवर

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.