होलेरीबाट देउवा र प्रचण्डले शान्ति र मेलमिलापको सन्देश दिने

37
biddhut

 रोल्पा । सशस्त्र युद्ध घोषणा गरेको  होलेरीबाट २७ वर्षपछि प्रधानमन्त्री शेरवहादुर देउवा र नेकपा माओवादी केन्द्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति र मेलमिलापको सन्देश दिने भएका छन ।  २०५२ साल फाल्गुन १ गते रोल्पाको होलेरी प्रहरी चौकी आक्रमण गरि तत्कालीन विद्रोही माओवादीले नेपालमा सशस्त्र युद्ध सञ्चालन भएको घोषणा गरेको थियो ।  कात्तिक २९ गते लोकतान्त्रिक वाम गठवन्धन निर्वाचन परिचालन समिति रोल्पाको जिल्ला स्तरीय चुनावी सभालाई सम्वोधन गर्न होलेरी आउने देउवा र प्रचण्डले शान्ति र मेलमिलापको सन्देश दिने भएका हुन ।विगतमा द्वन्द्वको किल्ला रहेको रोल्पा अब शान्तिको किल्ला बन्दै गएको कुरालाई आश्वस्त पार्न देउवा र प्रचण्ड होलेरी आउन लागेको नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार वर्षमान पुनले वताए । ‘जनयुद्धको केन्द्र रोल्पालाई अब शान्ति र मेलमिलापको केन्द्र वनाउने मिसन अघि सारेका छौं’, नेता पुनले बतताएका छन ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.