कपिलवस्तु । कपिलवस्तुकाे राजनितिमा शाहपरिवारकाे आफ्नाे छुट्टै विरासत छ । स्थानीय तह निर्वाचनमा युवावर्गमा आफ्नाे प्रभाव र जनताप्रतिकाे समर्पणले काका रजत प्रताप शाहलाई निर्वाचित गराएपछि निवर्तमान सांसद अभिषेक प्रताप शाहकाे वर्चस्व कायमै रहेकाे सजिलै आकलन गर्न सकिन्छ।
हँसिला,जोसिला र निडर । हजुरबुवा देखि बुवा हुँदै आफू सम्मको शाहको विरासत जोगाउन तत्पर । चौथो पटक सांसद बन्नको लागि मैदानमा छन् । युवाहरूमा लोकप्रिय रहेको शाहको किल्लाको रूपमा कपिलवस्तु क्षेत्र न ३ लाई मानिन्छ ।
कपिलवस्तु जिल्ला मै आफ्नाे व्यक्तिगत दबदबा बनाएर क्षेत्र ३ मा कहिले नजित्ने नेपाली कांग्रेसलाई प्रत्यक्ष सिट जाेडेका शाह अहिले चुनावि समिकरणकाे गठजाेडमा लागि परेका छन । सत्ता गठबन्धनका एक उम्मेदवार हुनु नै माथिल्लो राजनितीमा पहुँच प्रस्ट हुन्छ ।निर्वतमान सांसद शाह बाजे शिवप्रताप शाह , पुर्व मन्त्री राघवेन्द्र प्रताप शाह लगायत डा. रुद्र प्रताप शाह र बुवा पुर्व सांसद अजय प्रताप शाहकाे समेत प्रभाव रहेकाे प्रतिनिधि सभा क्षेत्र ३ काे निर्वाचनमा पहिलापनि ठुला नेताहरुलाई पछाडि पारेर सबैभन्दा कम उमेरका सांसद बनेका थिए ।भारतीय सिमा सँग जोडिएको कृष्णनगर निवासी शाह अहिले निर्वाचनमा होमिएका छन् । नेपाली काँग्रेसका प्रभावशाली नेताको रूपमा परिचित भएका शाह अब्बल उम्मेदवारको रूपमा मानिन्छन् । निर्वाचन जिते पश्चात् नेताहरू काठमांडाै बस्ने प्रचलन रहे पनि शाह भने आफ्नै क्षेत्रमा बसेर जनतामाझ लाेकप्रिय बन्दै गएका हुन । ०६४ सालमा कमै उमेरमा चुनाव जित्ने मध्येका एक थिए शाह । नेपालका कान्छो सभासद् बनेर चर्चा कमाएका शाह ०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि शानदार रूपले विजयी भए । तत्कालीन सङ्घीय समाजवादी फोरमले देशभर चुनाव हार्दा शाहले सोही पार्टीबाट ०७० मा चुनाव जितेका थिए । देशभर खस्कदो पार्टीको साख शाहले बचाएका थिए । त्यसपश्चात् शाह ०७४ मा निर्वाचनको पूर्व सन्ध्यामा काँग्रेस प्रवेश गरेका शाहले बाम गठबन्धनका ईश्वर दयाल मिश्र र पाका नेता मङ्गलप्रसाद गुप्तालाई पराजित गरेका थिए ।
शाह फेरि पनि मैदानमा छन् । मङ्सिर ४ गते हुने निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार रहेकोले यस पटक विगत भन्दा झन् सजिलो हुने बताइन्छ ।उनले गत निर्वाचनमा २० हजार १ मत पाएका थिए भने अहिले ३२ हजार आउने दाबी गरेका छन् । लामो समय सम्म सांसद भए पनि विभिन्न कारणले उनले मन्त्रालयको जिम्मेवारी पाएनन् ।कृष्णनगर चन्द्रौटा सडक चार लेन, आरटिओ रोड कालोपत्रे,हुलाकी सडक निर्माण, नेपाल-भारत सिमामा सहजता, हाेल्डिङ्ग सेन्टर निर्माण लगायत कामको जस शाहले पाउदै आगका छन । यति मात्र होइन शाहलाई कृष्णनगर सानो समस्या पारेमा जनतालाई सहयोग गर्ने भएकोले उनलाई हराउन सहज छैन । पटक पटक धार्मिक तथा क्षेत्रमा राजनीतिक गरेको आरोप खेप्ने गरेका शाहले पछिल्लो समय यो आरोपलाई चिर्दै आएकाे छन् ।‘म जनताको उम्मेदवार हु,पटक पटक जिताउनुभएका छ ,शाहले भने, ‘फेरि पनि चुनावमा होमिएको छु,घरघर पुग्दा जनताको साथ सहयोगले हर्षित छु, ।’भारतीय नेताहरू सँग राम्रो सम्बन्ध बनाएका शाहले भारतीय दूतावासवाट आफ्नो क्षेत्रमा राम्रो सहयोग पाएका छन् । विद्यालयहरू बस सञ्चालन देखि जनताको घरमा पानी पुर्याउने , दुतावासबाट छात्रवृत्ति , एम्बुलेन्स,दमकल लगायतका थुप्रै काम गरेका शाह पुर्खाैली विरासत जाेगाउदै चौथो पटक सांसद छिर्लान् त ?