आगामी निर्वाचनपछि गगन थापा प्रधानमन्त्री बन्छन्ः अर्थविद् वाग्ले

38
biddhut

अर्थविद् स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि प्रधानमन्त्री बन्ने दाबी गरेका छन्। शनिबार काठमाडौं क्षेत्र नम्बर-४ को एक कार्यक्रममा बोल्दै वाग्लेले मुलुकको प्रधानमन्त्री बन्न थापा सक्षम र तयार रहेको बताएका हुन्। वाग्लेले थापासँग प्रधानमन्त्री बन्ने भिजन र सोही अनुसारको आफूजस्तै विज्ञहरूको टिम रहेको समेत बताए। थापालाई प्रधानमन्त्री बनाउन सके १० वर्षभित्र मुलूकमा ठूलो परिवर्तन आउने उनको भनाइ छ।

dengu 3 1

‘अब पुराना पुस्ताका नेताको योगदानको सम्मान गर्दै नयाँ नेतृत्वबाट मुलुकलाई अघि बढाउन सबै लाग्नुपर्छ,’ उनले भने, ‘यसपालि उहाँहरूले जहाँसम्म नेपाललाई लिएर आउनुभएको छ। त्यसका निम्ति पनि धन्यवाद दिने र अबको नयाँ यात्रा चाँही नयाँ पुस्ताबाट नै ड्राइभ गर्ने खालको राजनीतिक प्रक्रियामा हामी गएका छौं।’ गगन थापालाई फेरि मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री नै बनाउन सकियो भने सामाजिक सुरक्षाको प्रत्याभूतिले मूर्त आकार लिने वाग्लेको भनाइ छ। यस्तै थापामा राजनेतामै आउने खालको झलक पनि भएको उनको जिकिर गरे।

‘मलाई लाग्छ-त्यस्तो नेतालाई क्षेत्र नम्बर ४ ले जिताएर पठाइदियो भने तपाईँहरूले तुरुन्तै आफ्नै निकट भविष्यमा नै प्रधानमन्त्री पाउनुहुनेछ,’उनले भने, ‘उनको जुन भिजन छ, हामीहरूजस्ता मानिसहरुको टिम उहाँसँग छ। यसले अबको ५-१० वर्ष भित्रमै देखिने गरी एउटा गति हामी ल्याउँछौं। हामी कहीँ बिक्दैनौं। हामीलाई कसैले किन्न सक्दैन। हामी कसैका गोटी बन्दैनौं। हामी आफैं सक्षम छौं।’ यस्तै उनले सवलीकरण, सक्षमताको एजेण्डा भएको र यो कामको नेतृत्व गगन थापाले मात्रै गर्न सक्ने बताएका छन्।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.