अर्घाखाँची । अविरल वर्षाको कारण घर बिहिन भएका सन्धिखर्क नगरपालिका वडा न ७ भुजुङे गाउँका स्थानिय पहिरो पीडितहरुको लागी जाडो याम शुरु हुनै लाग्दा स्थानिय निकाय, जिल्ला प्रशासन कार्यालय, रेडक्रस, जिल्ला प्रहरी कार्यालय र शसस्त्र प्रहरीको सहयोगमा तत्कालको लागी अस्थायी घर निर्माण कार्य सुरू गरिएकाे छ । गत वर्खामा घर विहिन भएका स्थानिय लाइ बसोबासको उचित प्रबन्ध नहुँदा सम्मको लागी अस्थायी घर निर्माण सुरू गरिएकाे हाे ।