कांग्रेस र एमाले समर्थितलाई रवीन्द्र मिश्रले भने- विकृत नेतृत्व सुधार गर्न तपाईंहरूले एक चड्कन हान्नुपरेको छ

39
biddhut

राप्रपाका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा उम्मेदवार रहेका रवीन्द्र मिश्रले नेपाली कांग्रेस र नेकपा एमाले समर्थितहरूलाई ती पार्टीका नेतृत्व सुधार गर्न मन र मत बदल्न आग्रह गरेका छन्। आज राप्रपाले काठमाडौंको बसन्तपुरमा गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै मिश्रले नेताहरू शानको साथ हिँड्ने र जनताले गल्लीको जीवन विताउनुपरेको बताए।

‘कांग्रेस र एमालेका साथीहरूलाई मेरो आग्रह के हो भने यो पटक तपाईंहरूको तत् तत् पार्टी सुधार गर्नको लागि पनि, तपाईंहरूको पार्टीको विकृत नेतृत्वलाई विस्थापित गर्नका लागि पनि तपाईंहरूले एकचोटी मन र मत परिवर्तन गरिदिनुस्,’ मिश्रले भने, ‘तपाईंहरूले मन र मत परिवर्तन गर्नुभएन भने हेरिराख्नुहोला, मेरो त हातै गएन अर्को पार्टीको चुनाव चिन्हमा भनेर भन्नुभयो भने हेरिराख्नुस् आज जसरी नेताहरू समृद्ध भएका छन्। र जुन शानका साथ हिँड्छन् र जसरी तपाईंले गल्लीको जीवन विताउनुपरेको छ। खाल्डाखुल्टीको बाटोमा हिँड्नुपरेको छ भने तपाईंको जीन्दगी जस्ताको त्यस्तै रहन्छ र तपाईंले भोट हालेको नेताको जीन्दगी समृद्ध बन्छ

dengu 3 1

उनले भविष्य सुधार गर्न र देश सुधार गर्न नेतृत्वलाई एक झड्का हान्नुपर्ने बेला आएको पनि बताए। ‘यो देशमा तपाईंको परिवारको भविष्य सुधार गर्नका लागि र यो देशको राजनीति सुधार गर्नका लागि तपाईंहरूले एक झड्का, तपाईंहरूको नेतृत्वलाई एक चड्कन हान्नुपरेको छ अहिले,’ मिश्रले भने, ‘तपाईंहरूले एक चड्कन हान्नु भएन भने हेर्नुस् आज मैले भोट माग्न मात्र भनिरहेको छैन। एउटा वास्तविकता के हो भने यो देशमा अबको केही वर्षमा जम्मा तीन वटा मात्रै पार्टी हुन्छ।’ मिश्रले राप्रपा, कांग्रेस र एमाले पार्टी मात्रै मुख्य रूपमा रहने र अन्य पार्टीहरू साँघुरिने वा बिलाएर जाने दाबी गरेका थिए।

‘मुल रूपमा राप्रपा, एमाले र कांग्रेस मात्र हुन्छ। माओवादी पेन्डुलमजस्तो यता न उताको हुन्छ। कि त्यो बिलय हुन्छ कि साँघुरिन्छ। क्षेत्रीय पार्टी र अन्य दलहरू सानो अवस्थामा रहन्छ,’ उनले भने, ‘एमाले र कांग्रेस एकै कित्तामा भएका दुई नामका पार्टी मात्रै हुन्। एकै कित्ताका पार्टी हुन्। यी दुवै पार्टीको लगभग प्रचण्डीकरण भइसक्यो। अर्को निरन्तरतासहित गतिशील पार्टी राप्रपा हो।’

यो देशको धर्म र संस्कृतिलगायत जोगाउन राप्रपा चाहिएको उनले बताए। उनले अब संसदमा राप्रपाको सशक्त उपस्थिति हुने पनि बताएका छन्।b‘अहिले तपाईंहरूले याद गर्नुभएको छ कि छैन राप्रपाका उम्मेदवार हराउनका लागि कति ठाउँमा उम्मेदवारहरू उठाइएका छन्। कति ठाउँमा उठेका छन्। राप्रपालाई हराउन र संसदमा यिनीहरूलाई जान दिन्न हुन्न भनेर अनेक किसिमका प्रपञ्च रचेर अनेक कुरा सार्वजनिक गरिरहेका छन्,’ उनले भने, ‘तर यो देशको हितका लागि हामीले बोकेका एजेन्डा कसैले रोक्न सक्दैन। यो कर्णाली र नारायणी भएर बगेको छ। तपाईंहरू ढुक्क हुनुस्, सार्वजनिक टिकाटिप्पणी भए पनि चिन्तित नहुनुहोला।’

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.