पम्फा भुसालले जोगाउलिन् उपत्यकामा माओवादीको साख ?

34
biddhut

काठमाण्डाैँ ।   २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनताकाको माहोल नै बेग्लै थियो, जसमा नेपाली राजनीतिका बडेबडे खेलाडीलाई सोत्तर पारेर तत्कालीन नेकपा (माओवादी) सबैभन्दा ठूलो दल बन्यो । अहिले भने हारबाट जोगिन त्यही माओवादीका उही अध्यक्ष सुरक्षित निर्वाचन क्षेत्र खोज्दै हिंडेका छन् । अझ शहरी क्षेत्रहरूमा माओवादीप्रतिको सद्भाव ध्वस्तै भएको छ ।२०६४ सालमा काठमाडौं उपत्यकाका १५ मध्ये ७ निर्वाचन क्षेत्रमा माओवादी विजयी भएको थियो । ललितपुरका त तीनवटै सीट माओवादीले जित्यो । त्यसको ६ वर्षपछि २०७० को दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं उपत्यकामा माओवादी पार्टी ‘सफाया’मै पर्‍यो । २०७४ को संसदीय चुनावमा भने ललितपुर–३ मा पम्फा भुसालले माओवादीको बीउ जोगाइन् ।

२०७४ को स्थानीय तह चुनावमा उपत्यकामा जम्मा एउटा– ललितपुरकै कोन्ज्योसम गाउँपालिका जितेको माओवादीले गत वैशाखमा भएको दोस्रो स्थानीय निर्वाचनमा त्यो पनि गुमायो । र पनि, उपत्यकामा माओवादीको आशा बाँकी नै छ । त्यसको केन्द्रमा छिन् उनै पम्फा भुसाल । यो यसकारण पनि कि २०६४ सालमा ललितपुर–३ मा माओवादीको झण्डा उठाउने भुसाल नै थिइन् ।बीचमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग मत बझाएर अर्का नेता मोहन वैद्य ‘किरण’को समूहमा लागेकी उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचन बिथोल्ने लाइनमा थिइन् । त्यो निर्वाचनमा मतपेटिका फोर्न नसकेपछि मूल घर फर्किएकी उनी २०७४ को आम निर्वाचनमा ललितपुर–३ बाटै उठेर विजयी भइन् ।

dengu 3 1

अहिले उनी नेकपा (माओवादी) बाट माओवादी केन्द्र भएको पार्टीको उपमहासचिव पनि हुन् । कमजोर बन्दै गएको संगठन, पार्टीप्रति बढ्दो विकर्षण र स्वतन्त्रहरूको मौलाउँदो लहरबीचमा विजयको ‘ह्याट्रिक’ गर्न कस्सिएकी नेतृ भुसाल ललितपुर–३ का जनतासँग निरन्तरको सम्पर्क–सम्बन्ध नै आफ्नो मूल शक्ति भएको बताउँछिन् ।‘मेरो निर्वाचन क्षेत्रमा त्यस्ता कुनै टोल या गल्ली छैनन्, जहाँ म सहजै उपलब्ध नभएको होस्’ उनी भन्छिन्, ‘मन्त्री, सांसद हुँदा होस् या नहुँदा, मकहाँ सजिलै आउन नसक्ने हरेकको घर पुगेर सुख–दुःखमा सँगै उभिएकी छु । उनीहरूको आर्थिक–सांस्कृतिक अधिकारका लागि लडेकी छु ।’उनको निर्वाचन क्षेत्रमा पर्ने भैंसेपाटी, सातदोबाटो, सुनाकोठी, खुमलटारलगायत क्षेत्रमा पछिल्लो समय उच्च आर्थिक हैसियतका बासिन्दा बढ्दैछन् । त्यो बुझेकी उनी सबैखाले नागरिकको चाहना र आवश्यकताप्रति सचेत रहेको बताउँछिन् । सबै समेटिने गरी शहरी जीवनको आवश्यकता सम्बोधन गर्न खोजेको उनको दाबी छ ।

गठबन्धनको भर

भुसालले ललितपुर–३ मा २०६४ सालमा एमालेका रघुजी पन्तलाई पराजित गरेकी थिइन् । त्यसको १० वर्षपछि २०७४ सालमा भएको आम निर्वाचनमा नेपाली कांग्रेसका मदनबहादुर अमात्यलाई हराइन् । २०७० को दोस्रो संविधानसभा चुनावमा ललितपुर–३ का विजेता थिए, अमात्य ।२०७४ मा माओवादी–एमाले गठबन्धनबाट जितेकी भुसाललाई यसपटक सत्ता गठबन्धनको साथ–सहयोग छ । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा ललितपुर–३ मा कांग्रेस र एमालेले बराबरी मत पाएका छन्, माओवादी केन्द्र तेस्रो स्थानमा छ ।कांग्रेसका वडाअध्यक्षहरूले १९ हजार ७४४, एमालेकाले १९ हजार ७११, माओवादी केन्द्रकाले ७ हजार ९५८ र नेकपा (एकीकृत समाजवादी)ले ५ हजार १२९ मत पाए ।

गठबन्धनको मत नछरिए यो पटक पनि भुसालले जित्ने यो आँकडाले बताउँछ ।ललितपुर–३ मा कांग्रेसभित्र आफ्नो बलियो पकड भएको क्षेत्रमा अरूलाई टिकट दिएको भनेर असन्तुष्टि छ ।यसपटक ललितपुर–३ मा कांग्रेसबाट मदनबहादुर अमात्य र जीतजंग बस्नेतसहित चारजना सिफारिस भएका थिए, तर सत्ता गठबन्धनबाट टिकट पाइन् भुसालले । यसमा ललितपुर कांग्रेसको असन्तुष्टि छिपेन ।भुसालको मनोनयन दर्तापछि भने सबै चुनाव प्रचारमा सहभागी भएको देखिएको छ । बाहिर देखिएको यो गठबन्धन भावनालाई मत पेटिकामा पु¥याउन सके पम्फा भुसालले ललितपुर–३ मा एमालेका प्रत्यासी अमृत खड्कालाई हराएर ‘ह्याट्रिक’ गर्ने सम्भावना बलियो देखिन्छ । अनलाइनखवर बाट प्रकाशित समाचार

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.