वाणगंगा । कपिलवस्तु क्षेत्र नं. १ सत्ता गठबन्धनका साझा प्रतिनिधि सभा सदस्य उम्मेदवार एवम् पुर्व कृषी मन्त्री माओवादी नेता चक्रपाणी खनाल बलदेवले शुक्रबार वाणगंगा नगरपालिका ८ बालापुरमा भएको सभामा बाल्दै अबकाे पाचँ वर्ष देशकाे नेतृत्व गठबन्धनले गर्ने बताउनु भएकाे छ । चुनाव प्रचारप्रसारको लागी घरदैले कार्यक्रममा खनालले वाणगंगामा थुप्रै भूमिहिन सुकुम्बासी समस्या रहेको बताउँदै आफूहरुले बनाएको भूमि आयोगले चुनावपछि लालपुर्जा दिने दावी समेत गरेका छन। एमालेले गाउँघरले गाउँघरमा रहेका स साना समस्याहरू पनी समाधान गर्न नसकेको जनाएका छन ।
एमालेले मरेको लास बोकेर हिँडेको छ राजतन्त्र । फेरि पनि उनीहरु सत्तमा गए भने मुलुकमा भ्रष्टाचा र बेथिति बढ्ने, संविधान च्यातिने खतरा छ ।’सुकुम्बासी समस्याको समाधान चुनावी मुद्धा मात्र बनाएर नहुने भन्दै गठबन्धनको सरकारले स्थायी समाधान गर्ने पनि बताएका छन । वाणगंगा ८ मा रहको मायादेवी रंगशाला अन्र्तराष्ट्रिय स्तरको बनाइने, कृषि उद्यमको विशेष भूमि, वडा नम्बर ८ लाई बनाइने समेत बलदेवको दावी छ । त्यस्तै कार्यक्रममा कलदेदले वाणगंगा ८ मा रहको मायादेवी रंगशाला अन्र्तराष्ट्रिय स्तरको बनाइने, कृषि उद्यमको विशेष भूमि, वडा नम्बर ८ लाई बनाइने समेत बलदेवको दावी छ ।