कपिलवस्तु । निर्वाचन नजिकिएसंगै कपिलवस्तु कांग्रेसमा प्रबेश गर्नेको लर्को नै लाग्ने गरेको छ । दिनहु कांग्रेसमा सयौको संख्यामा अन्य पार्टी छाडेर कांग्रेसमा प्रबेश गर्ने गरेका छन । लगातार कांग्रेसमा प्रबेश गर्ने संख्या बढदै गए पछि कांग्रेस क्षेत्र नम्बर २ मा झनै बलिया हुदै गएको छ । एक महिना अघि देखि नै कांग्रेसमा प्रबेश गर्नेहरुको संख्या बृद्धि हुदै गएको कांग्रेसका जिल्ला सभापति अब्दुल कलामले बताए । सोमबार बिहान कपिलवस्तुको बुद्धभुमी नगरपालिका ९ ईमिलियामा भएको कार्यक्रममा सय बढी नेता कार्यकर्ताहरु एमाले राप्रापा लगायतको पार्टी त्यागेर कांग्रेसमा प्रबेश गरेका छन । वावुराम सुनार सन्तोष परियार चन्द्रकला बोहोरा जानुका पथी मनिराम खटिक लगायत १ सय १७ जना कांग्रेसमा प्रबेश गरेका हुन । यस अद्धि बुधवार मात्रै वडा नम्बर ८ हरिहरपुरमा सयौ कार्यकर्ताहरु कांग्रेसमा प्रबेश गरेको कांग्रेस नेता रोमलला खनालले बताए ।
उता क्षेत्र नम्बर २ को कपिलवस्तु नगरपालिकाका पुर्व उप मेयर बासुदेव कसौधन, उद्योग बाणिज्य संघ तौलिहवाका पुर्व अध्यक्ष सन्तोष कसौधन लगायतका नेता एमाले छाडेर कांग्रेसमा प्रबेश गरी सकेका छन । यस्तै महाराजगंजमा पर्व ईकाल सदस्य शिव प्रसाद चाधरी लगायत सयौ कार्यकर्ताहरु कांग्रेसमा प्रबेश गरी सकेका छन । नव प्रबेशीहरुलाई कांग्रेस क्षेत्र नम्बर २ का उम्मेदवार सुरेन्द्रराज आचार्य र क्षेत्र नम्बर २ क मा उम्मेदवार बिक्रम सिंह थापाले टीका लगाएर स्वागत गरेका थिए । नेता आचार्यले कांग्रेस प्रबेश गर्नेको लहर आए पछि आफुहरुको जति सुनिश्चित जस्तो लागेको बताए । उनले यो क्षेत्रको जनताले परिवर्तन चाहेकोले पनि कांग्रेसको जीत हुने देखिएको बताए । ‘ हामी चुनाव जित्दैछौ जनताको अपार माया पाएका छौ मंसिर ४ मा मतदाताले हामीलाई मतदान गर्नेमा ढुक्क छौ ’ उनले भने । उता प्रदेश सदस्यका उम्मेदवा बिक्रम सिंह थापाले गाउ देखि शहर सम्म यस पटक कांग्रेस कै लहर देखिएको बताए । जनताको माया र साथ देख्दा आफुहरु जित तर्फ अग्रसर भएको बताए । उनले आफुहरुले जनताको बिश्वास गुम्न नदिने बताए । कार्यक्रममा कांग्रेस प्रदेस सदस्य रोमलाल खनाल नगर सभापति माधव दमासे लगायतको सहभागीता थियो ।