३ पटक माओवादीले जिताएर सांसद बनेका रायमाझीले जनता र कार्यकर्तालाई धोका दिएः ठाकुर विक

35
biddhut
अर्घाखाँची । शितगंगामा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् सन्धिखर्क नगरपालिका का उपमेयर ठाकुरकुमार विकले टोपबहादुर रायमाझी लाइ लगातार तीन पटक जिताएर सांसद बनाएका जनता ,कार्यकर्ता र माओवादी पाटी लाइ धोका दिएर एमालेमा गएको बताएका छन । उनले कार्यक्रममा बाेल्दै  अर्घाखाँचीमा जे जती विकास भएकाे छ त्याे सबै माओवादीले गरेको हो ,टोपबहादुर रायमाझीले विकासका नाममा अनियमितता मात्र गरेको बताएका छन ।
‘सांसद र मन्त्री भएपछि धेरै विकासका काम गर्नुपथ्र्याे, सक्ने ठाउँमा भएर पनि गर्नुभएन,’  ‘माओवादी पाटीले सिफारिस गरेका योजना दबाव दिएर केही मात्र गर्नुभयो ।  गाउँ र जिल्लामा सर्बदलीय बैठक बसेर निर्णय गरेर भित्रिएका योजनामा माओवादी, कांग्रेस, जनमोर्चा, समाजवादी सबैको योगदान रहेको उनले बताए ।  मंसिर ४ गते धोका दिने वैमानी रायमाझीलाई पराजित गरेर अर्घाखाँचीको शान जोगाउन समेत आग्रह गरेका छन  ।
b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.