हिजाेकाे भूकम्पपछि दुई सयभन्दा बढी परकम्प

36
biddhut

सुर्खेत ।  हिजाे गएको भूकम्पपछि सुदूरपश्चिममा दुई सयभन्दा बढी परकम्प गइसकेको छ। भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले आज दिउँसो १ बजेसम्म दुई सयभन्दा बढी परकम्प गइसकेको जानकारी दिए।  उनका अनुसार गएराति ९ बजेर ७ मिनेटमा ५ दशमलव ७, राति ९ बजेर ५६ मिनेटमा  ४ दशमलव १  र  आज बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो।   ‘लगातार तीनपटक एकै स्थानमा केन्द्रबिन्दु बनाएर तीन ठूला भूकम्प गएका छन् । तीबाहेक चार रेक्टर स्केलभन्दा मुनिका दुई सय परकम्प गइसकेका छन्।’

भूकम्पछि परकम्पनहरू आइरहेकाले  सतर्क रहन भूकम्प मापन केन्द्रले सबैमा आग्रह गरेको छ। भूकम्पका कारण डोटीको पूर्वीचौकीमा घर भत्किँदा ६ जनाको मृत्यु भएको छ।  उक्त भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको थियो। भूकम्पका कारण बैतडीमा पनि केही घरहरूमा क्षति पुगेको छ। भूकम्पका कारण पाटन नगरपालिकाको कृषि शाखा भवन चर्किएको नगरपालिका कृषि शाखाप्रमुख महेश अवस्थीले जानकारी दिए।

dengu 3 1

यस्तै, भूकम्पका कारण दशरथचन्द नगरपालिका– १ का विभिन्न स्थानमा घरहरूमा चिरा परेका स्थानीय महेश भट्टले बताए। साथै पाटन नगरपालिकामा रहेको ज्ञानेश्वर माविको भवन पनि चर्किएको विद्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले भने भूकम्पका कारण क्षति भएको विवरण नआएको जनाएको छ। स्राेतः नयाँपत्रिकादैनिक

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.