भूकम्पले डोटीको गैरागाउँ शोकमा

199

खप्तड भूकम्पले तहसनहस भएको डोटीको गैरागाउँ शोकमा डुबेको छ । खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रबिन्दु भएर बुधबार बिहान २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी डोटीको पूर्वीचौकी गाउँपालिका– ३ मा पर्ने गैरागाउँमा सबैभन्दा ठूलो क्षति पुगेको छ । गैरागाउँका आठ घर पूर्ण रूपले ध्वस्त भएका छन् भने घर र गोठ ढलेपछि त्यसमा पुरिएर चार बालबालिकासहित ६ जनाको ज्यान गएको छ । ठूलो मानवीय तथा भौतिक क्षति भएपछि गैरागाउँवासी शोकमा डुबेका छन् । मंगलबार बेलुकीदेखि नै भूकम्पका पटकपटक झड्का आए पनि बुधबार बिहानीपखको भूकम्ले धेरै ठूलो क्षति पुर्‍याएको छ । पुनः भूकम्प वा भूकम्पको परकम्पको डरले स्थानीय बेचैन देखिएका छन् ।

Leave A Reply

Your email address will not be published.