ताैलिहवा । कपिलवस्तु महाराजगंजमा दर्जनौ नेकपा एमालेका नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा एमालेका स्थानीय तह निर्वाचन २०७९ मा महांराजगंज नगरपालिका वडा नं १ का वडा सदस्यका उमेद्धार दीपक कुर्मी सहित दर्जनौ कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन । यसरी प्रवेश गर्नेमा नरदाहे कुर्मी,गंगौत्री प्रसाद चौधरी,राधेश्याम कुर्मी वालगोबिन्द नाउ,खोडे कोहार रामदेव कुर्मी, लक्ष्मी नारायण कुर्मी लगायत पार्टीमा प्रवेश गरेको कागे्रंसका जिल्ला सभापति अब्दुल कलामले बताए । नव प्रवेशिलाई नेपाली कागे्रंसका लुम्विनी प्रदेश महामन्त्री सुरेन्द्रराज आर्चाय जिल्ला सभापति अब्दुल कलाम लगायतले टिका माला लगाएर स्वागत गरेका छन् । पछिल्लो समय कपिलवस्तु क्षेत्र नं २ का विभिन्न पालिकामा एमालेका कार्यकता कांग्रेसमा प्रवेश गरिरहेका छन् ।