सत्ता गठबन्धन कपिलवस्तु १ काे प्रतिबद्धता–पत्र सार्वजनिक,कृषि पर्यटन र शिक्षामा प्राथमिकता

37
biddhut

ताैलिहवा ।   कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ का बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुको ३० बुदे प्रतिबद्धता–पत्र पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ । नेपाली काग्रेस कपिलवस्तुको कार्यालयको बिपी स्मृती भवनमा आयोजित पत्रकार सम्मेलनमा गठबन्धनका उम्मेदवारले आफ्नो साझा प्रतिबद्धता सार्वजनिक गरेका हुन ।बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधीसभासभाका उम्मेदवार रहेका नेपाली काँग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य, प्रदेशसभा २ (१) मा गठबन्धनका तर्फबाट काँग्रेस उम्मेदवार बिक्रम सिंह थापा, २ (२) बाट गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार सुधाकर पाण्डेय, समानुपातिय तर्फबाट माओबादी केन्द्रका सघिय उम्मेदवार जित बहादुर चौधरी र काँग्रेसका जिल्ला सभापति अब्दुल कलाम खाँ लगायतले सामुहिक रुपमा प्रतिबद्धता–पत्र सार्वजनिक गरेका हुन ।

सो अवसरमा बोल्दै प्रतिबद्धता पत्र तयारी समितीका संयोजक काँग्रेसका लुम्बिनी प्रदेश सदस्य रबिन्द्रनाथ ठाकुरले काँग्रेसले तयार पारेको प्रतिबद्धता–पत्रलाई महामानव बिपी कोईरालाको तस्बिरलाई साक्षी राखेर सार्वजनिक गरिएको र अक्षरस कार्यान्वयन गरिने बताए । नागरिककता लगायतका राष्ट्रियस्तरको बिषयवस्तु पार्टीको संघको घोषणापत्रमा र प्रदेशस्तरका योजना पार्टीको प्रदेश घोषणापत्रमा समेटिएको जानकारी दिदै निर्वाचन क्षेत्रमा तयार पारिएका प्रतिबद्धता कार्यान्वयनलाई प्राथमिकता दिने बताए । पार्टीका लागी योगदान दिएका स्वतन्त्रता सेनानीहरु भोलानाथ शर्मा र दयाशंकर मुन्सीका योगदानलाई कदर गर्न पार्टी प्रतिबद्ध रहेको उनले जनाए ।

dengu 3 1

सो अवसरमा प्रतिनिधीसभाका उम्मेदवार आचार्यले ३० बुदे प्रतिबद्धता बाचन गरेका थिए । प्रतिबद्धता–पत्रमा उल्लेख गरिएका प्रतिबद्धता पुरा गर्न आफु मन, बचन र कर्मले लाग्ने आचार्यले बिश्वास दिलाए । ३० बुदें प्रतिबद्धता–पत्रमा पुर्वाधार बिकास, शिक्षा, स्वास्थ्य, कृषी, सिचाई, युवा स्वरोजगार, महिला, पर्यटन, रोजगारी, खानेपानी, खेलमैदान निर्माण, अपाङ्गता क्षेत्र, यौनिक अल्पसंख्यक, भुमिहिन र सुकुम्बासी तथा द्वन्द पिडित र घाईतेका बिषयमा काम गर्ने प्रतिबद्धता जनाईएको छ ।

सो अवसरमा बोल्दै काँग्रेसका जिल्ला सभापति अब्दुल कलाम खाँले सार्वजनिक गरिएको प्रतिबद्धता–पत्र पुरा गराउने आफूहरुको दायित्वको बिषय भएको बताए । प्रतिबद्धता–पत्रलाई अक्षरस कार्यान्वयन गरिने उनले प्रतिबद्धता जनाए । कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला सहसचिव वजिह अरसदले गरेका थिए भने पत्रकार महासंघका शाखा अध्यक्ष किरणमान बज्राचार्य सहितका पत्रकारको उपस्थिती रहेको थियो । तयार पारिएको प्रतिबद्धता–पत्रलाई क्युआरकोड् स्क्यान गरेर मुख्य प्रति अध्ययन गर्न सकिने गरि प्रबिधीमैत्री बनाई तयार पारिएको तयारी समितीका संयोजक ठाकुरले जानकारी दिए ।

प्रतिबद्धताको पुर्ण पाठः
बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारको प्रतिबद्धता, क्षेत्रको आवश्यकता, नेपाली कांग्रेसको प्रतिबद्धता ।।
१. गाउँपालिका र नगरपालिकाका गाउँ देखी वडा कार्यालय र पालिका सदरमुकाम सम्म जोड्ने सडक स्तरोन्नती तथा कालोपत्रे गर्ने ।
२. प्रत्यक गाउंपालिका तथा नगरपालिकामा १,१ वटा आधुनिक खेलमैदान निर्माण र तौलिहवामा गौतमबुद्ध स्टेडियम बनाउने ।
३. प्रत्येक स्वास्थ्यचौकीहरुमा २४ घण्टे प्रसुती सेवा तथा एम्वुलेन्स नपुगेका स्वास्थ्य चौकीहरुमा एम्बुलेन्स व्यवस्थापन र संचालन गराउने ।
४. कपिलवस्तु जिल्ला अस्पतालमा आईसीयू बेड विस्तार एवम् बच्चाहरुको लागि एनआईसीयू कक्ष स्थापनामा सहयोग गर्ने ।
५. निर्वाचन क्षेत्र भित्रकापालिकाहरुमा १,१ वटा प्राविधिक शिक्षालय स्थापना साथै प्रत्यक पालिकालाई पायकपर्ने गरि छात्राबास सहित कन्या बिद्यालय स्थापनाका लागी पहल गर्ने ।
६. कपिलवस्तु बहुमुखी क्याम्पसको स्तोरन्नती गर्नुको साथै ग्रामिण भेगवाट आउने विद्यार्थीहरुको लागि बस संचालन र छात्र–छात्रावास व्यवस्थापन गर्ने ।
७. जिल्लाका बुद्ध संग सम्वन्धीत तथा अन्य धार्मिक,ऐतिहासिक,पुरातात्कि स्थलहरुको संरक्षण प्रर्वधन तथा दातृ निकाय संग सहकार्य गरि पर्यटन व्यवसायलाई बढवा दिने र कपिलवस्तु विकास कोष स्थापना, तिलौराकोटलाई समय सिमा भित्रै बिश्व सम्पदा सुचीमा सुचिकृत गराउन समन्वय र पहल गर्ने
८. सुठौली भन्सारमा इमिग्रेशन सेन्टर स्थापना गरि कपिलवस्तु नाकाबाटै पर्यटक आउने जाने व्यवस्था मिलाउन पहल गर्ने ।
९. किसानहरुको उत्पादनलाई सहज रुपमा विक्री वितरण र भण्डारण गर्न प्रत्यकपालिकामा १,१ वटा कोल्ड स्टोर स्थापना तथा संचालनमा ल्याउने ।
१०. कृषकद्वारा उत्पादित खाद्य वस्तुको सर्मथन मुल्य तोक्न पहल गर्ने ।
११. प्रत्येक पालिकाहरुको गुरुयोजना निर्माण गरि त्यसको विकासको लागि प्रदेश, संघ र दातृ निकाय संग सहकार्य गर्ने ।
१२. तिलौराकोट साझेदारी वनमा वनविहार ९वन बाटिका० बनाउने ।
१३. लुम्बिनी विकास कोष द्वारा तयार परिएको कपिलवस्तु गुरुयोजना तत्काल कार्यान्यवनमा ल्याउन सहयोग गर्ने ।
१४. घर घर स्वच्छ खानेपानी नारालाई साकार पर्न प्रत्येक वडामा स्वच्छ एवम् सुरक्षित खानेपानीको लागि ओभरहेड ट्याकी स्थापना गरि संचालनमा ल्याउने ।
१५. कृषि क्षेत्रको, सिंचाई,मलखाद, बजारिकरण, उत्पादनमा सहुलियत प्रदानगरि स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने ।
१६. खेत–खेतमा सिंचाई पु¥याउन गाउँगाउँमा रहेको तालपोखरी संरक्षण तथा नयाँ ताल पोखरी निर्माण गर्न पहल गर्ने ।
१७. कृषि उत्पादन वृद्धिका लागि खेतको चकलाबन्दी गर्न गराउन कटिबद्ध रुपमा पहल गर्ने ।
१८. भूमिहिन तथा सुकम्बासी समस्या चाडैं समाधान गर्न पहल गर्ने ।
१९. थारु, जनजाती, आदिवासी,मुस्लिम, मधेसी, अल्पसंख्यक तथा पिछडा वर्ग र विपन्न समुदायको लागि क्षमता विकासका कार्यक्रम संचालन गर्ने तथा थारु,अवध संस्कृतिको जर्गेना गर्ने ।
२०. मदरसा शिक्षालाई मुलप्रवाहीकरणीमा ल्याउन एवम् मदरसामा प्राविधिकशिक्षा संचालन तथा मदरसामा पढाईने बिषयलाई उच्च शिक्षा सम्मको मान्यता दिन कटिबद्ध रुपमा पहल गर्ने ।
२१. पछाडी पारिएका अल्पसंख्यक जातीहरुको सबै क्षेत्रमा आरक्षण तथा विशेषाधिकारको लागि पहल गर्ने साथै शिल्पी जातिहरुको सिप विकास कार्यक्रम संचालन गर्न शिल्पी बोर्ड गठन गर्न पहल गर्ने ।
२२. मठ, मन्दिर, मस्जिद, गुम्बा र चर्च भवनहरुको संरक्षण, मर्मत, सम्भार तथानिर्माण गर्न विभेद रहित बजेटको व्यवस्था गरिने छ ।
२३. सबै धर्म संग धार्मिक कार्य र वैवाहिक कार्यको व्यवस्थापनका निम्ती प्रत्येक वडामा सामुदायिक भवन निर्माणका लागि पहल गर्ने ।
२४. युवा र महिलालाई स्वरोजगारमुलक बनाउन सिप बिकास केन्द्र स्थापनार्थ पहल गर्ने ।
२५. अपाङ्गता र फरक क्षमता भएका बिद्यार्थीको लागि स्रोत केन्द्र सञ्चालनको लागि पहल गर्ने ।
२६. द्वन्द पिडित, घाईते भई अपाङ्गता भएका, शारिरीक र मानसिक क्षति व्यहोरेका व्यक्तिलाई नियमित निशुल्क उपचारको व्यवस्था एंव छुटेका व्यक्तिको पुनः नामावली संकलन गरि उनीहरुलाई राज्यबाट दिने सुबिधाका लागी पहल गर्ने
२७. दलित र अल्पसंख्यक समुदायले उद्योग व्यवसाय सञ्चालन गर्न चाहेमा दर्ता शुलक छुटको सुनिश्चितताको लागि पहल गर्ने ।
२८. यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको राज्यको तीनवटै तहमा समानुपातिक प्रतिनिधीत्व एंव लोक सेवा आयोगमा अन्य भनी लड्न पाउने र जागीरमा आरक्षणको व्यवस्था गर्नका लागी पहल गर्ने ।
२९. सोनहा, भेडिहार, नटुवा, महावत, धरिकारलाई दलितबाट हटाई लोपोन्मुख जातीमा सुचिकृत गर्न पहल गर्ने ।
३०. शैक्षिक कर्जालाई सरल बनाउदै युवाहरुलाई उद्यमशील र स्वरोजगार बनाउन सहुलियतमा ऋण उपलब्ध गराउन पहल गर्ने ।

 

 

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.