शान्ति सम्झौताको अर्थ हँसिया हथौडा र रूखमा छाप लगाउनु हो : प्रचण्ड

54

जुम्ला ।  वाम-लोकतान्त्रिक गठबन्धनले जुम्लामा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्डले’ विस्तृत शान्ति सम्झौताको अर्थ कांग्रेसले हँसिया हथौडा र माओवादीले रुखमा छाप लगाउनु भएको बताएका छन् । प्रचण्डले जय नेपाल र लाल सलामको मित्रता लामो भएको बताए ।उनले भने, ‘गिरिजाप्रसाद कोइरालाले एकातिर लाल सलाम भन्नु भएको थियो, र मैले गिरिजाप्रसाद कोइरालालाई जय नेपाल भनेको थिए, त्यहीँबाट सुरु भएको थियो, जय नेपाल र लाल सलामको मित्रता ।

dengu 3 1

’विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्नुको अर्थ गिरिजाप्रसाद कोइरालाले नेपाली कांग्रेसबाट हँसिया हथौडामा र आफूले माओवादीको तर्फबाट रुखमा छाप लगाउनुभएको भएको उल्लेख गर्दै उनले सोही कारणले नेपालमा युगान्तकारी युगको सुरुवात भएको बताए । विस्तृत शान्ति सम्झौता र संविधानमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र र शान्तिको महान् युग सुरु भएको दृष्टान्तलाई ख्यालमा राख्दै आगामी निर्वाचनमा रुख, हँसिया हथौडा र कलममा भोट हाल्न कुनै दुबिधामा नपर्न आग्रह गरे ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.