लुदस, कपिलवस्तु । आसन्न प्रचिनिधि सभा निर्वाचन र प्रदेश सभामा मन्त्री बन्न सक्ने हैसियत राख्ने उमेद्वारलाई जिताएमात्र जिल्लाको विकास हुने तर्क हुन थालेको छ । चिया चौतारामा हुने चुनावी गफ देखि बुद्धिजिवी वर्गमा कपिलवस्तुको विकासका लागि मन्त्री बन्ने हैसियतमा क्षेत्र नं १ का प्रतिनिधि सभा उमेद्वार चक्रपाणी खनाल बलदेव र दोलकराम घिमिरे दुवै रहेको हुदाँ जिल्ला लाई नै अवसर हुने चर्चा चलेको हो । खनाल माओवादी केन्द्र का अध्यक्ष प्रचण्डका निकटतम विश्वास पात्र रहेको र देशभर गठबन्धनकै लहर अनुसार सरकार उसैको बन्ने भएपछी कपिलवस्तुबाट जिते मन्त्री बन्नेमा ढुक्क रहेको पनी चर्चा छ । माओवादीमा केही नेताहरुले नेकपा विभाजन हुदाँ एमालेतिर लागेको र बलदेव पार्टी सचिव जस्तो नेतृत्वमा रहेका कारण पनी भनेजस्तो मन्त्रालय कपिलवस्तुले पाउने तर्क हुने गरेका छन् ।
प्रदेशसभामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नः १ ‘क’ का उम्मेदवार डोलकराम घिमिरे पनी पार्टी नेतृत्वतहमा पहुँचवाला रहेको बताईएको छ । उनि देउवा निकट रहेको र हालका गृह मन्त्री बालकृष्ण खाँण का निकटतम विश्वासपात्र रहेका कारण पनी लुम्बिनी प्रदेशमा उनि बलिया दावेदार रहेको चर्चाको गरिन्छ । विगतमा लुम्बिनी प्रदेशको राजधानी कपिलवस्तु हुनुपर्ने अभियानको समेत उनले जिल्लाबाट नेतृत्व गरेका थिए । घिमिरेले आफैपनी संसदमा गएर तल बसेर हस्ताक्षर र तालि पिट्ने मात्र नभई मन्त्री बन्ने दावी गरेका हुन् । बढ्दो लागु औषध दुव्र्यशनिलाई रोक्न , कुलतमा फसेका र गरिविको रेखामुनि रहेका युवायुवतीलाई रोजगार मा जोड दिने , बुद्धरंगशाला, बसपार्क निमाणर्, फराकिला पक्की सडक र युवाका लागि रोजगारी प्राथमिकता रहेको समेत बताउदै आएका छन् । बलदेवले अव बिकासको लापग र देशको निकासका लागि सत्ता गठबन्धनको सहकार्य बर्षौसम्म अगाडी जाने बताउदै यही गठबन्धनले कपिलवस्तुको बिकासमा नेतृत्वदायी भूमिका खेल्ने बताए ।