निर्बाचन जित्नेमा ढुक्क छु : कनौडिया(भिडियाेसहित)

75

कृष्णनगर । नेपाली कांग्रेसका नेता कपिलवस्तु क्षेत्र नं. ३ ख बाट प्रदेश सभा सदस्यका पदका उम्मेद्धार बिरेन्द्र कनौडिया आफुले निर्बाचन जित्नेमा ढुक्क रहेको बताएका छन् । उनले आफुले यस क्षेत्रको बिद्यायक पदमा रहेर गरेको कामको आधारमा आफु निर्बाचित हुनेमा ढुक्क रहेको बताएका छन् ।
कनौडिया ५ बर्षको कार्यकाल डेढ बर्ष मात्रै राम्रो संग गर्न पाउँदा क्षेत्रमा बिभिन्न योजनाहरुमा ७० करोड रुपैया बिनियोजन गराएर योजनाहरु संचालमा रहेको बताएका छन् । उनले क्षेत्रमा आफ्नो क्षेत्र भित्र रहेका एक सय पन्चासी गाउँमा दलित आवास कार्यक्रम, झुपडी मुक्त कार्यक्रम, ट्यूववेल कार्यक्रम र ह्याण्डपाईप (नल) जडान कार्यक्रम संचालन गरेको बताएका छन् ।
कनौडियाले डेढ वर्षको कार्यकालमा गरेको कामको सबै जनताले प्रसंसा गरेका छन । उनले भने म हरेक गाउँमा आफै पुगेको छु । तिस, चालिस बर्ष देखि शिलन्यास भएर रोकिएका कामहरु मैले संचालनमा ल्याएको छु । बिशेष गरेर पछाडि पारिएको दलित र गरिव विपन्न समुदायलाई मध्येनज गरेर काम गरेको छु ।
जनता आवास कार्यक्रम अन्तरगत दलित समुदायलाई चार सय घर आफ्नै कार्यकालमा बनेको कनौडियाले बताए । आफुले देशमा कतै लागु नभएको झुपडी मुक्त नमुना कार्यक्रम पनि प्रदेश सरकार माध्यमबाट संचालन गरेको बताए । उक्त कार्यक्रम अन्तगतर अठार सय घर धुरीले निबेदन दिई सकेको उम्मेदवार कनौडिया बताउछन् ।
पुरै क्षेत्र भित्रका गाउँहरुमा खानेपानीको बिकराल समस्या लाई समाधान गर्न ह्याण्ड पाइप (नल) जडान कार्यक्रम संचालन गरेको र तिन चार महिनाको अवधिमा चार सय नल लगाईसकेको र सात सय नल जडान गर्ने बताउछन् ।
आफुले यस क्षेत्रमा रहेको सिचाई समस्या लाई समाधान गर्न ट्यूववेल जडान कार्यक्रमको सुरुवात गरेको र किसानहरुले आफ्नो लालपुर्जा सहित दुई सय चौतिस फर्म दर्ता गराएको बताए । त्यस मध्ये लगभग पचास वटा ट्यूववेल जडान गरेको उनि बताउछन ।

 

Leave A Reply

Your email address will not be published.