कपिलवस्तु । कार्तिक पुर्णिमाका दिन लाग्ने नहान मेलाकाे अवसरमा कार्तिक २२ गते मगंलबार कपिलवस्तु जिल्लाका तिन वटा स्थानिय तहहरूले सार्वजानिक बिदा दिएका छन । जिल्लाका कपिलबस्तु, शिवराज, कृष्णनगर, महाराजगंज नगरपालिका, मायादेवी गाँउपालिका, विजयनगर गाँउपालिका , यशोधरा , शुद्दाेधनले कार्तिक पुर्णिमाका दिन लाग्ने मेलाका लागि कार्तिक २२ गते बिदा गरेका हुन। कार्तिक पुर्णिमाका दिन कपिलवस्तुका बाणंगा नदीको रामघाट, लक्ष्मणघाट, बर्गदीघाट र हदौना लगायतका स्थानमा मेला लाग्ने गर्दछ । रामघाटमा लाग्ने मेलामा रामघाटमा स्नान गर्न र मेला हेर्न भारतका विभिन्न स्थान तथा छिमेकी जिल्लाबाट समेत श्रद्धालु भक्तजनहरु आउने गर्दछन्। कार्तिक पुर्णिमाका दिन बाणगंगा लगायतका जिल्लाका विभिन्न स्थानमा वर्षौदेखि मेला लाग्ने गर्दछ।
स्थानीय तहले एक वर्षमा ५ दिन स्थानीय बिदा दिन पाउने प्रावधान छ। कार्तिक पुर्णिमाका दिन बाणगंगा लगायतका जिल्लाका विभिन्न स्थानमा वर्षौदेखि मेला लाग्ने गर्दछ। राति नदी किनार र रामजानकी मन्दिर वरिपरि भजन किर्तन गर्ने गरिन्छ। जिल्ला कै सबै भन्दा पुरानो रामघाट मेलाका लागि एक दिन बिदा गरिएको कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पाैडेलले बताए । मंसिर ४ गते हुने निर्वाचनका बेला लाग्ने मेलामा हुन सक्ने झडप र अशान्तिलाई मध्य नजर गर्दै सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ धर्मेन्द्र कुमार मिश्रले बताए। उनले मेलामा जुवातास खेल्न र मेला परिसरमा रक्सी बिक्रि वितरणमा प्रतिबन्ध लगाइएको बताए।