सन्धिखर्क । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ हिले गोल्लाउनेमा हावा हुरीले गर्दा ढलेकाे बिजुलीकाे पाेल तिन महिना भइसक्दा पनी त्यहाँका जन प्रतिनिधी र नेपाल बिधुत प्राधिकरण अर्घाखाँचीले कुनै पनी किसिमकाे चाँसाे देखाएकाे छैन । पाेल ढलेर बाटाेमा तारहरु लत्रीरहँदा पटक पटक जानकारी गराउदाँ पनि वेवास्ता गरेको स्थानीयहरुको गुनासो रहेको छ । बाटाे र बारीकाे नजिकै रहेकाले दैनिक काम काज समेत गर्ने कठिनाइ परेकाे स्थानीयले बताएका छन ।
