नेप्से ६ अङ्कले घट्दा, २ अर्ब १० कराेडकाे काराेबार

37
biddhut

काठमाण्डाै । आइतवार ४३ अङ्कभन्दा धेरैले बढेको नेप्से आज ६ अङ्कले घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज साेमवार ६ दशमलव ४३ अङ्कले घटेर एक हजार नाै सय ५८ दशमलव ९४ विन्दुमा झरेको छ ।आज निर्जीवन बीमा, उत्पादन, विकास बैंक र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । आज कारोबार रकम भने बढेको छ । दुई सय २४ वटा कम्पनीकाे ४९ लाख ४४ हजार कित्ता शेयर दुई अर्ब १० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै जाल्पा लघुवित्तको १५ करोड १६ लाख  रुपैयाँको शेयर किनबेच भयो । समग्रमा बजार घटे पनि धौलागिरि लघुवित्त वित्तीय संस्थाको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

 

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.